Missed Call Service

June 23, 2021

कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंक बिचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले, महालक्ष्मीविकास बैंक लि. ले महालक्ष्मी Missed Call सेवा सञ्चालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनैपनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा Missed Call गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी (Call Back) जानकारी उपलब्ध गराउने छन् । 
यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्यावा सुझावभएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।

Quick Access