Mahalaxmi Bank staff meeting in Sauraha, strategy to increase the bank's success amid recession prepared

March 20, 2024

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले फागुन २६ देखि २७ गतेसम्म चितवनको सौराहामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकहरुको उपस्थितिमा “नेतृत्व/सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता” नामक दुई दिने कार्यशाला गोष्ठी÷सेमिनार सम्पन्न गरेको हो ।

उक्त कार्यगोष्ठी/सेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दी र नकारात्मकता बीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामूहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको बंैकले जनाएको छ ।  

साथै यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा समेत गोष्ठीमा व्यापक छलफल भएको थियो ।  

उक्त कार्यगोष्ठी÷सेमिनारमा कर्मचारीहरुको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपूर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरु समेत गरिएको थियो ।  

Quick Access