Wednesday July 22, 2026
वि.सं २०८३ साउन ०६ बुधबार
Wednesday July 22, 2026
वि.सं २०८३ साउन ०६ बुधबार

Customer Coordinators

April 30, 2021

महालक्ष्मी बिकास बैंकले आफ्ना १०३ वटा शाखाहरुबाट सेवा लिईरहेका ग्राहकहरुलाई निषधाज्ञाको अबधीभर बैंकिङ्ग कारोबार गर्न सहज र सुरक्षित तवरले उपलब्ध गराउने उद्देश्यले “ग्राहक समन्वयकर्ता“हरुको व्यवस्था गरेको छ । समन्वयकर्ताहरुले ग्राहकहरुको बैंकिङ्ग सेवा सम्बन्धी कुनै पनि जिज्ञासा तथा गुनासोलाई सम्बन्धित शाखाहरुसँग समन्वय गरी यथाशिघ्र सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुख श्री दिपेश लम्सालले जनाउनु भएको छ । यसका साथै यस अबधिमा संक्रमण कम गर्नका लागी डिजिटल बैकिङ्ग अन्तर्गत मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, QR कोड तथा Connect IPS जस्ता सुबिधाहरु प्रयोग गरी सुरक्षित रहन बैंकले हार्दिक अपिल समेत गरेको छ । 

Quick Access