Monday September 7, 2026
वि.सं २०८३ भदौ २२ सोमबार
Monday September 7, 2026
वि.सं २०८३ भदौ २२ सोमबार

Special Discounts for Mahalaxmi Bikas Bank Limited Customers on Services Provided by Various Institutions

August 17, 2026

नेपाल जनताको घरदैलोमा विगत ३२ वर्षदेखि अनवरत रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरूसँग सम्झौता गरेको छ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। उक्त संस्थाहरू र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्:

क्र.सं. संस्थाको नाम ठेगाना सेवाहरू छुट
मनकामना हिलक्रेष्ट होटल कुरिनटार, चितवन आवास तथा रेष्टुरेन्ट १२.५ प्रतिशतसम्म
प्लेट काठमाडौं छायादेवी कम्प्लेक्स, ठमेल, काठमाडौं खाना तथा पेय पदार्थ १५ प्रतिशतसम्म
एल्लो हाटी लाजिम्पाट, काठमाडौं उपहार सामग्री बिक्री सेवा १० प्रतिशतसम्म
अल्फा केयर डायग्नोस्टिक सेन्टर बुद्धनगर, काठमाडौं स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवा २० प्रतिशतसम्म
दृष्टि आई केयर कलंकी, काठमाडौं नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवा २० प्रतिशतसम्म
ओरियन्ट क्याफे दरबारमार्ग, काठमाडौं खाना तथा पेय पदार्थ १५ प्रतिशतसम्म
होटल स्मारक हेटौंडा, मकवानपुर आवास तथा खाना तथा पेय पदार्थ १५ प्रतिशतसम्म

यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडौं, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।

Download file for full story:

Download
Quick Access