Tuesday December 30, 2025
वि.सं २०८२ पुष १५ मंगलबार
Tuesday December 30, 2025
वि.सं २०८२ पुष १५ मंगलबार

Respect to Mount K2 Climbers

January 29, 2021

महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर)को हिँउद याम(२०७७ माघ ३ गते शनिबार)मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको थियो ।

२०७७ माघ १६ गते शुक्रबार बैंकको प्रधान कार्यलयमा आयोजित अभिनन्दन कार्यक्रममा हिमाल केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पुर्याएको योगदानको कदर स्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष श्री राजेश उपाध्याय ज्यूले माउन्ट केटू आरोहण समूहलाई रु.पाँच लाख नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा आरोही श्री निर्मल पुर्जा ज्यूले बैंकले प्रदान गरेको यस सम्मानले साहासिक कार्यको लागि थप हौसला मिलेको बताउनुुभएको थियो । उक्त कार्यक्रममा माउन्ट केटू आरोहण समूहका सदस्यहरु, बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

Quick Access