Tuesday March 10, 2026
वि.सं २०८२ फागुन २६ मंगलबार
Tuesday March 10, 2026
वि.सं २०८२ फागुन २६ मंगलबार

Press Release regarding oath taken by newly elected Chairman Mr. Rajesh Upadhyay of Mahalaxmi Bikas Bank Ltd

January 08, 2026

महालक्ष्मी विकास बैंक लिमिटेडको हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन हुनुभएका श्री राजेश उपाध्याय ज्यूले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज मिति २०८२/०९/२३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्र ज्यू समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक ज्यू र वित्तीय सस्ंथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक ज्यू लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 
मिति २०८२/०९/२१ मा सम्पन्न बैंकको वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।

Quick Access