Friday June 19, 2026
वि.सं २०८३ असार ०५ शुक्रबार
Friday June 19, 2026
वि.सं २०८३ असार ०५ शुक्रबार

Mahalaxmi Corporate Cricket League 2026 – Season 5 Concludes Successfully

June 10, 2026

महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ ।

यही जेठ १७ गते आइतबार देखि जेठ २० गते बुधबार (चार दिन) सम्म काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छ्रे बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा ९ वाणिज्य बैंकहरू, ७ विकास बैंकहरू, ३ वित्त कम्पनीहरू, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनीहरू र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए । साथै उक्त प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम समेत मिति २०८३/०२/२२ गते शुक्रबार सम्पन्न भएको छ ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान श्री ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरियो । साथै सह–विजेता माछापुच्छ्रे बैंक लिमिटेडलाई उप–विजेता ट्रफी समेत सोही समारोहमा प्रदान गरिएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेट–किपर सानिमा जिआईसी इन्स्योरेन्स लि.का अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंक लिमिटेडका मोहन कुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्सम्यान माछापुच्छ्रे बैंक लिमिटेडका स्रिजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंक लिमिटेडका कृतार्थ शाक्यले जित्न सफल हुनुभएको छ । साथै फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्स लि.ले जित्न सफल भएको छ ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ का सम्पूर्ण प्रायोजकहरू, सहभागी सम्पूर्ण टिमहरू, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुभएका व्यक्ति/संस्थाहरूलाई बैंक हार्दिक आभार व्यक्त गर्दछ ।

Download file for full story:

Download
Quick Access