Mahalaxmi Corporate Cricket League 2024 completed, the title for the second time to Prime Bank

June 09, 2024

काठमाण्डौ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ विहीबार सम्पन्न भएकाे छ ।  लिगकाे उपाधि दाेस्राे प्राइम कमर्सियल बैंकले जितेको छ । यस अघि महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ काे उपाधि जितेकाे प्राइम बैंकले याे बर्ष पनि उपाधि उचाल्न सफल भएकाे हाे ।

बिहीबार सम्पन्न फाइनल खेलमा आइ.सि.एफ.सी फाइनान्स लिमिटेडलाई हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । यस अघिको खेलमा आइ.सि.एफ.सी फाइनान्स लिमिटेडले आयोजक महालक्ष्मी विकास बैंकलाई र प्राइम कमर्सियल बैंकले माछापुच्छ्रे बैंकलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए ।

१६ टिम सहभागी प्रतियोगितामा लिग कम नक आउट ढाँचामा खेल सञ्चालन भएको थियो । प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरि कुल ३१ वटा खेल भएका छन् । जसबाट समूहको उत्कृष्ट हुने दुई समूह क्वार्टर फाइनल प्रवेश गरेका हुन् । क्वार्टर फाइनलमा प्राइम बैंक र कामना सेवा विकास बैंक, आइ.सि.एफ.सी फाइनान्स र एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सांग्रिला विकास बैंक तथा मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंक बिचमा जेठ २४ गते खेल भएको थियो । जस मध्ये प्राइम बैंक, आइ.सि.एफ.सी फाइनान्स, माछापुच्छ्रे बैंक र महालक्ष्मी विकास बैंक सेमिफाइनलमा प्रवेश गरेका थिए । विजेता प्राइम बैंकले दोस्रो पटक महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि उचालेको हो । भने विजेता तथा उप-विजलतालाई मेडल तथा ट्रफ्रि प्रदान गरिएको छ ।

प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, ऐभरेष्ट बैंक, नबिल बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्सको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता र उपविजेता टिम, म्यान अफ द सिरिज, वेस्ट बलर, वेस्ट ब्याट्सम्यान, वेस्ट विकेट किपर, वेस्ट फिल्डरतलगायत विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरूको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत भएको थियो ।

Quick Access