Mahalaxmi Bikas Bank marks Earth Day with CSR support in Bajura
April 27, 2026
महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ।
सोही अन्तर्गत बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा “दश लाख वृक्षारोपण तथा संरक्षा अभियान” अन्तर्गत पृथ्वी दिवसको अवसर पारेर खप्तड छेडेदह गाउँपालिका वडा न. ०१, काँडामा २००० वटा कागतीको विरुवा वृक्षारोपण गर्न आर्थिक सहयोग गरेको छ । हरियाली क्षेत्र विस्तार गर्न, स्थानीय खाद्य सुरक्षा सुदृण गर्न, दिगो स्रोत उपयोग गर्न तथा रोजगारी सिर्जना मार्फत दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा जीवीकोपार्जनमा सहयोग पुर्याउने उद्धेश्यका साथ कार्य गरिएको हो।
त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गर्न तथा सोही कार्यक्रमबाट संकलित रकम कान्ति बाल अस्पतालमा रहेका क्यान्सर वार्डमा हस्तान्तरण गर्न आयोजना गरिएको कार्यक्रमलाई बैंकले आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै ग्लोबल मनी विक २०२६ को अवसर पारेर बैंकले श्री युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगंज बाँकेमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग गर्नेे उद्धेश्यका साथ शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । त्यसैगरी युवाहरु माझ जिम्मेवार वित्तीय सचेतना र व्यवहारिक आर्थिक ज्ञान प्रवर्द्धन गर्न, वित्तीय साक्षरता विस्तार गर्न, शैक्षिक तथा ज्ञानमा आधारित सामाजिक विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ सातौं नेपाल इकोनोमिक ओलम्पीयाडलाई आर्थिक सहयोग गरेको छ । हालै मात्र बैंकले मिति २०८२/१२/०२ देखी मिति २०८२/१२/०८ गते सम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरु मार्फत वित्तीय साक्षरता, सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन्।
Download file for full story:
Download

