Tuesday August 18, 2026
वि.सं २०८३ भदौ ०२ मंगलबार
Tuesday August 18, 2026
वि.सं २०८३ भदौ ०२ मंगलबार

Mahalaxmi Bikas Bank Launches Nursing Care Room and Day Care Facility

August 07, 2026

विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखि अगस्ट ०७) को अवसरमा महालक्ष्मी विकास बैंक लि.द्वारा आफ्ना महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ ।

स्तनपान गराइरहेका महिला कर्मचारीहरूलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष तथा डे केयरको स्थापना गरिएको हो । हिजो आयोजित एक कार्यक्रमका बीच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमका अध्यक्षज्यूले उक्त स्याहार कक्षको उद्घाटन गर्नुभएको हो । महिला कर्मचारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्दै संस्थागत विकासमा थप प्रभावकारी भूमिका निर्वाह गराउने, पेशागत दक्षता तथा आत्मविश्वास अभिवृद्धि गर्ने, कार्यस्थलमा समान अवसर र समावेशी वातावरणलाई प्रवर्द्धन गर्ने तथा महिला सशक्तीकरण सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने लगायतका गतिविधिहरू गर्दै आएको उक्त फोरम बैंकको ३२ औँ वार्षिक उत्सवको अवसरमा गठन गरिएको थियो ।

महालक्ष्मी विकास बैंकले समावेशिता र लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै आएको छ । कर्मचारीमैत्री, परिवारमैत्री तथा समावेशी कार्यसंस्कृति निर्माण गर्दै मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन तथा कर्मचारी कल्याणलाई प्रवर्द्धन गर्ने बैंकको दीर्घकालीन प्रतिबद्धताको निरन्तरतास्वरूप यो पहल गरिएको हो । यस अवसरमा बैंकले सबै कार्यस्थलहरूलाई मातृत्वमैत्री वातावरण निर्माणतर्फ अग्रसर हुन आग्रह गर्दै आफ्ना कर्मचारीहरूको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति सदैव प्रतिबद्ध रहने विश्वास समेत व्यक्त गरेको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडौँ, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

Download file for full story:

Download
Quick Access