Tuesday August 18, 2026
वि.सं २०८३ भदौ ०२ मंगलबार
Tuesday August 18, 2026
वि.सं २०८३ भदौ ०२ मंगलबार

Mahalaxmi Bikas Bank Honored with Prestigious Award by the Indian Chamber of Commerce

July 26, 2026

ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले “राइजिङ स्टार–ग्रोथ” (Rising Star-Growth) अन्तर्गतको विधामा सम्मान पाएको हो।

गत वर्ष बैंक “सम्पती गुणस्तर” (Assets Quality) अन्तर्गतबाट समेत सम्मानित भएको थियो।

जुलाई २४, २०२६ मा नयाँ दिल्लीमा आयोजित “चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स” कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो। बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ कन्क्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलङ्का, नेपाल, म्यानमार, बङ्गलादेशका बैंकहरूको सहभागिता रहेको थियो। बैंकले डिजिटल बैंकिङ सेवामा विस्तार, नवीन वित्तीय उत्पादनहरूको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँचमा अभिवृद्धि तथा उत्तरदायी बैंकिङमा उत्कृष्ट कार्य गरेबापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो। यस अवार्डको प्राप्तिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।

Download file for full story:

Download
Quick Access