Mahalaxmi Bikas Bank Customers to Receive Special Discounts at KTM CTY
October 14, 2026
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, रेस्टुरेन्ट तथा सेवा क्षेत्रलगायत विभिन्न क्षेत्रका संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने अभिप्रायका साथ नेपालको प्रतिष्ठित फेसन तथा लाइफस्टाइल कम्पनी के.टी.एम. सिटी (KTM CTY) सँग सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरूले विशेष छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले के.टी.एम. सिटी (KTM CTY) का १७ वटै आउटलेटहरूमा पहिरन तथा कपडा खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। फेसन तथा लाइफस्टाइलको क्षेत्रमा निरन्तर नवीनता, गुणस्तर र ग्राहकहरूको बदलिँदो आवश्यकतालाई प्राथमिकतामा राख्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल के.टी.एम. सिटी (KTM CTY) नेपालमा लोकप्रिय ब्रान्डका रूपमा परिचित छ। यस ब्रान्डले स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका पहिरनहरूको बिक्री-वितरण गर्दै आएको छ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध यस बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।
Download file for full story:
Download

