Friday September 18, 2026
वि.सं २०८३ असोज ०२ शुक्रबार
Friday September 18, 2026
वि.सं २०८३ असोज ०२ शुक्रबार

Dipesh Lamsal appointed as CEO of Mahalaxmi Bikas Bank

February 14, 2024

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् ।  
माघ २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो । 

बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । त्यसअघि पनि उनले निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेका थिए ।

विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैंकिङ अनुभव छ ।  

बैंक परिवारको तर्फबाट दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा नवनियुक्त सीईओ लम्साललाई स्वागत गर्ने कार्यक्रम समेत गरिएको थियो ।  

सो कार्यक्रममा लम्सालले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन  आग्रह गरे  ।

Quick Access