Saturday May 30, 2026
वि.सं २०८३ जेठ १६ शनिबार
Saturday May 30, 2026
वि.सं २०८३ जेठ १६ शनिबार

Completion of 32nd Anniversary of Mahalaxmi Bikas Bank Ltd

May 21, 2026

वार्षिक कार्यक्रम अन्तर्गत मिति २०८३/०२/०२ गते बैंकको केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरुमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित विषयवस्तुहरु समेटिएको थियो । 

साथै बैंकले जेष्ठ ७ गते बिहिबार केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन समेत गरेको थियो । सोही दिन श्री नारायणहिटी नाराणस्थान गुठी व्यवस्थापन समिति, नारायणहिटीलाई खानेपानी ब्यवस्थापनको लागि पानी ट्याङकी हस्तान्तरण गरिएको छ । अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले स्थानीय साना तथा मझौला व्यापारहरूको प्रबद्र्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्यका साथ हरेको वर्ष आयोजना गर्दै आएको “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता” मा संकलन गरिएका फोटोहरु समेत बैंकको केन्द्रिय कार्यालयमा प्रदर्शन गरिएको छ । 

वार्षिक उत्सवको महत्वपुर्ण कार्यक्रमको रुपमा रहेको र  विगत ४ बर्षदेखि सफलतापुर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको पाँचौ श्रृङखला समेत यहीँ जेष्ठ महिनामा बैंकले सञ्चालन गर्नेछ ।

Download file for full story:

Download
Quick Access