Agreement with e Sewa Money Transfer for Remittance

August 13, 2021

ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि. ले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले मिति २०७८ श्रावण २९ गते शुक्रवार ई-सेवा मनी ट्रान्सफर प्रा. लि. सँंग सम्झौता गरेको छ । ई-सेवा मनी ट्रान्सफर प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अजेश कोइरालाज्यूले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटाज्यूले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई-सेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।

Quick Access