बाल सारथीलाई आर्थिक सहयोग

April 26, 2021

बाल सारथीलाई आर्थिक सहयोग

महालक्ष्मी विकास बैंक लि. ले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदानगर्दै आईरहेको काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप रु.५,००,०००(रु.पाँचलाख) सहयोग प्रदान गरेको थियो ।  

२०७७ फाल्गुन ६ गते बिहिबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागका प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाका अध्यक्ष अस्मिता सुमार्गीलाई रु. पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालीकाहरुलाई वित्तीय साक्षरता सम्बन्धित प्रशिक्षण समेत प्रदान गर्नुभएको थियो ।

Quick Access