Various corporate social responsibility programs completed by Mahalaxmi Bikas Bank

May 31, 2023
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवा देवी सेवा समितिलाई आठ थान सिसि क्यामरा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरी, निकासी तथा अन्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो । टीकापुर शाखाका प्रमुख पदम बहादुर कठायत र टीकापुर नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष ्मोहन बि.क.ले सयुक्त रुपमा जालवा देवि सेवा समितिका अध्यक्ष श्री हर्क बहादुर रावललाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरि बैंकको महेन्द«नगर शाखाद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामाग्री तथा अन्य आवश्यक सामाग्राी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । अनाथालयमा रहेका २६ बालबालिकाको आधारभुत आवश्यकता परिपुर्ति गर्नका लागि बैंकले आनाथालयलाई उक्त सहयोग गरेको हो । महेन्द«नगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सयुक्त रुपमा समाज कल्याण अञ्चल बाल अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
