Friday December 19, 2025
वि.सं २०८२ पुष ०४ शुक्रबार
Friday December 19, 2025
वि.सं २०८२ पुष ०४ शुक्रबार

Press Release regarding business tie ups with Siddhartha Hospitality and others

November 09, 2025

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सिदार्थ हस्पिटालिटी लगायतका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ ।    

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः
१    सिदार्थ हस्पिटालिटी ,तिनकुने, काठमाण्डौं लगायतका सम्पुर्र्ण आउटलेटहरुमा आवास २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत । 
२    बन्दीपुर माउण्टेन रिर्सोट ,बन्दीपुर, तनहुँ - खाना तथा आवास ७ प्रतिशत 
३    स्माईल ३६० डेण्टल क्लिनिक, सामाखुशी, काठमाण्डौं- दन्त सेवा २० प्रतिशत
४    बन्दीपुुर बजार घर, बन्दीपुर तनहुँ- खाना तथा आवास ७ प्रतिशत 
५    लन्जेभिटि हेल्थ होम, ललितपुर म.न.पा वडा न. ०३, टुटेपानी, ललितपुर- अकुपंचर, पञ्चकर्म, प्याथोलोजी र डक्टर चेक अप लगायतका सेवाहरु २० प्रतिशत सम्म ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
 

Quick Access