Friday November 28, 2025
वि.सं २०८२ मंसिर १२ शुक्रबार
Friday November 28, 2025
वि.सं २०८२ मंसिर १२ शुक्रबार

Mahalaxmi Corporate Cricket League 2025- Season 4

June 10, 2025

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ सम्पन्न भएको छ । 

यहीँ जेठ २१ गते बुधबार देखि जेठ २४ गते शनिबार (चार दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने नबिल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, मर्चेन्ट बैंंकहरु तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए । साथै उक्त प्रतिोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत मिति २०८२/०२/२६ गते सोमबार सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई डेपुटी गर्भनर श्री बम बहादुर मिश्र ज्यू तथा बैंकका अध्यक्ष श्री राजेश उपाध्याय ज्यूले संयुक्त रुपमा विजेता ट्रफी हस्तान्तरण गर्नुभएको हो । उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंक लि.का अमृत चौलागाई, उत्कृष्ट विकेट–किपर नबिल बैंक लिमिटेडका विजय पारा लिम्बु, उत्कृष्ट बलर एन.एम.बी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनाले जित्न सफल हुनुभएको छ । 

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ का सम्पुर्ण प्रायोजकहरु, सहभागी सम्पुर्ण टिमहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोय गर्नुभएका व्यक्ति/सस्ंथाहरुलाई बैैंक हार्दिक आभार व्यक्त गर्दछ । 

 

Quick Access