Tuesday July 22, 2025
वि.सं २०८२ साउन ०६ मंगलबार
Tuesday July 22, 2025
वि.सं २०८२ साउन ०६ मंगलबार

Mahalaxmi Bikash Bank has provided financial support for the publication of a children's literature book written by Shatabdi Purush Joshi

May 31, 2023

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकास प्रतिको चाहानालाई सम्मान गरेको छ । बैंकले जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थमा सहयोग प्रदान गरेको हो ।

भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पुराएको योगदानको कदर गर्न तथा उनको जीवनकालमा राख्नुभएको चाहानालाई मुर्त रूप प्रदान गर्न बैंकले पुस्तक प्रकाशानर्थ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो ।

लोक कथा तथा लोकगित संकलन गर्ने, लोक साहित्य संस्कृति तथा कला सम्बन्धी अध्ययन अनुसन्धान गरि पुस्तक प्रकाशन गर्ने जस्ता कार्यमा सक्रिय प्राज्ञिक तथा साहित्यिक संस्था लोकसाहित्य परिषद् बखुवहाल, ललितपुरको अगुवाइमा वांगमय शताब्दी पुरुष जोशीद्वारा रचित पुस्तक चखुचा हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) शताब्दी पुरुष सत्यमोहन जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा बैशाख २७ गते बेलुका ५ बजे यस बैंकको उपस्थीतीमा एक समारोहको बिच लोर्कापण भएको थियो ।

आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

Quick Access