Mahalaxmi Bikas Bank brought 'electrical and other vehicle loans' offer at NADA Expo

September 10, 2023
काठमाडौँ । नाडा एक्सपो २०२३ मा महालक्ष्मी विकास बैंकले विद्युतीय सवारी तथा अन्य सवारीमा कर्जाको अफर ल्याउने भएको छ। भदौ २६ गतेदेखि ३१ गतेसम्म हुने नाडा एक्सपोलाई मध्येनजर गर्दै बैंकले अफर घोषणा गरेको हो।
एक्सपोमा विद्युतीय सवारी तथा अन्य सवारी खरिद गर्ने ग्राहकलाई बैंकले अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा दिने भएको छ। अधिकतम ५ वर्षका लागि दिइने उक्त कर्जामा प्रशासनिक शुल्कमा कुल कर्जाको १ प्रतिशत र ०.२५ प्रतिशत सम्म छुटको घोषणा गरेको छ।
गैर विद्युतीय सवारीका लागि दिइने कर्जामा १२.९९ प्रतिशत ब्याजदर छ। ३ वर्षका लागि दिइने यस्तो कर्जा अधिकतम ३ करोडसम्म दिने बैंकले जनाएको छ।
अधिकतम ८ वर्षका लागि दिइने कर्जामा प्रशासनिक शुल्क कुल कर्जाको १ प्रतिशत र ०.२५ प्रतिशतसम्म छुट दिने घोषणा बैंकले गरेको छ।

Quick Access