Thursday September 4, 2025
वि.सं २०८२ भदौ १९ बिहिबार
Thursday September 4, 2025
वि.सं २०८२ भदौ १९ बिहिबार

Mahalaxmi Bikas Bank Awarded with " Rising Star in Asset Quality " by Indian Chamber of Commerce in 3rd Emerging Asia Banking Awards "

August 31, 2025

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित ।

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले “सम्पती गुणस्तर” (Asset Quality) अन्तर्गतको विधामा सम्मान पाएको हो । 

अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित “तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस” कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ्ग कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो ।  बैंकले सम्पतीको संरचना, सम्पतीहरुको प्रभावकारी परिचालन तथा सम्पतीको गुणस्तर सुधारमा उल्लेखनिय कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डको प्राप्तीसँगै अन्तराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

हालै मात्र महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एच.डी.एफ.सी (HDFC) बैंकबीच सीमा–पार (Cross Borders) वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो ।

Quick Access