Mahalaxmi Bank awarded 2.5 lakh rupees scholarship to 5 students of Kalikot

July 05, 2023
काठमाडौं। महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई कालिकोटका पाँच विद्यार्थीहरुको प्लस टू वा डिप्लोमा अध्ययनमा सहयोग गर्न दुई लाख पचास हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ।
बैंकले कालिकोटका सरकारी विद्यालबाट एसइई उत्तिर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न इच्छुक तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सीटीइभीटी अन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो।
बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई २ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन्।
बैंकले अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले वागीश्वरी मावि, भक्तपुरमा अध्ययनरत दत्त कठायत, लोयल्टी एकेडेमी, बुढानिलकण्ठमा अध्ययनरत इश्वरी शाही, भैरव मावि, सुर्खेतमा अध्ययनरत भावना शाही, ब्रेन ल्याण्ड एकेडेमी, बुढानिलकण्ठमा अध्ययनरत सृष्टी शाही र रिलायन्स इन्टरनेसनल एकेडेमी, चाबहिलमा अध्ययनरत सृष्टी कुमारी शाहीलाई प्रति विद्यार्थी ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने प्रतिबद्धता बैंकले गर्दै आएको छ।
