Friday May 9, 2025
वि.सं २०८२ वैशाख २६ शुक्रबार
Friday May 9, 2025
वि.सं २०८२ वैशाख २६ शुक्रबार

Distribution of 'Ashok Shrestha Jehendar' Scholarship by Mahalaxmi Bikas Bank Ltd

July 10, 2023

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले अमर माध्यामिक विद्यालय हेटौंडा, पर्सामा कक्षा नौंमा अध्यनरत छात्रा सुमिना भोम्जनलाई अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था यती फाइनान्सका संस्थापक अध्यक्ष स्व. अशोक श्रेष्ठको स्मृतिमा स्थापित अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्व.अशोक श्रेष्ठकी श्रीमती निमर्ला श्रेष्ठले विद्यार्थी भोम्जनलाई हस्तान्तरण गरेका हुन्। 

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै श्रीमती निमर्ला श्रेष्ठले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे । विद्यालय व्यावस्थापनका अध्यक्ष उमाकान्त गौतमले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पु¥याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे ।  

आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ । 

Quick Access