विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग

November 03, 2020

विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग

हेटौंडार टाँडी शाखाले क्रमश. मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश. रु. एक लाख पचास हजार (रु.१,५०,०००) रुपैया र रु. एक लाख पैसठ्ठी हजार (रु.१,६५,०००) रुपैया गरी जम्मा रु. तीन लाख पन्ध्र हजार (रु.३,१५,०००) रुपैयाको आर्थिक सहयोग प्रदान गरेका छन ।
मिति २०७७/०३/०२ गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बंैकका शाखा प्रबन्धक श्री शम्भु प्रसाद पराजुली ज्यूले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष श्री ईन्द्र प्रसाद नेपाल ज्युलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी मिति २०७७/०३/०८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्री श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष श्री अशेष भण्डारी ज्युलाई रु. एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

Quick Access