विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

November 03, 2020

विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

बैंकका भैरहवा र नारायणगढ शाखाले क्रमश. रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. ९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका वडा न. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि रु. एक लाख पचास हजार (रु.१,५०,०००) रुपैयाका दरले जम्मा रु. तीन लाख (रु.३,००,०००) रुपैयाको आर्थिक सहयोग प्रदान गरेका छन् ।
मिति २०७७/०२/२९ गते भानु माध्यामिक विद्यालयको प्राङ्गणमा सम्पन्न एक कार्यक्रमका बीच बंैकका सञ्चालक समितिका सदस्य श्रीे राहुल अग्रवाल ज्यूले रोटरी क्लब अफ लुम्बिनी सिद्घार्थनगरका अध्यक्ष श्री ठाकुर कुमार श्रेष्ठ ज्युलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी मिति २०७७/०२/३० नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्री वीरेन्द«कुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष श्री सुरेशसेन ठकुरी ज्युलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

Quick Access