Financial Assistance for the construction of Ladies Friendly Toilet
July 14, 2021
.jpg)
महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि रु. एक लाख पचहत्तर हजार (रु.१,७५,०००) रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।
यहि मिति २०७८/०३/३० गते रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर श्री राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा बेलहिया माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकको भैरहवा शाखाका प्रबन्धक श्रीे गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष श्री चक्रमणि आचार्यज्यूलाई रु. एक लाख पचहत्तर हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । उल्लेखित कार्यक्रम रोटरी क्लब अफ भैरहवाका अध्यक्ष श्री चक्रमणि आचार्यज्यूको अध्यक्षता तथा सचिव साजन जंग राणाज्यूको संचालनमा सम्पन्न भएको थियो ।
