महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण कार्यक्रम सम्पन्न

November 20, 2020

महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंक लि। ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले २०७७ कार्तिक २९ गते शनिबार लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशी ज्यूको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनः निर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ । उक्त बगैँचा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री राजेश उपाध्याय ज्यूको उपस्थितिमा कार्यक्रमका प्रमुख आतिथि तथा ललितपुर महानगरपालिकाका नगर प्रमुख श्री चिरीबाबु महर्जन ज्यूले विधिवत रुपमा समुद्घाटन गरी व्यवस्थापन समितिका अध्यक्ष श्री आत्माराम कोइराला ज्यूलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी ज्यूको लिखितम् शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो । महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत तथा पुनः निर्माण गरेको हो ।

Quick Access