Sunday May 24, 2026
वि.सं २०८३ जेठ १० आइतबार
Sunday May 24, 2026
वि.सं २०८३ जेठ १० आइतबार

June 14, 2019

CSR Durbarmarg

सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी जनचेतना मूलक कार्यक्रम

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न शाखाहरु मार्फत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक लि. ले सोही कार्यलाई निरन्तरता दिँदै मिति २०७५/१२/०२ गते बैंकको दरबारमार्ग शाखालेसरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी जनचेतना मूलक कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान दरबारमार्ग क्षेत्रमा आयोजित रहेको थियो ।

काठमाडौँ महानगरपालिका वडा नं १ का वडा अध्यक्ष श्री भरत लाल श्रेष्ठ ज्यूको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बैंकका प्रतिनिधिहरु, दरबार मार्ग स्थितमहानगरीय प्रहरी वृतका प्रमुख श्री विनोद घिमिरे ज्यू, दरबारमार्ग विकास बोर्डका प्रतिनिधिहरु, वडा नं १ का प्रतिनिधिहरु तथा स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारणमाँझ बैकिङ्ग कारोबार सम्बन्धी जानकारी व्यक्त गरेका थिए ।

Quick Access