Tuesday June 24, 2025
वि.सं २०८२ असार १० मंगलबार
Tuesday June 24, 2025
वि.सं २०८२ असार १० मंगलबार

March 26, 2024

 Mahalaxmi Bikas Bank conducted a financial literacy and awareness program during Global Money Week


काठमाडौं। महालक्ष्मी विकास बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्‍न लक्षित वर्गहरूलाई वित्तीय साक्षरता प्रदान गरेको छ। ग्लोबल मनी विक २०२४ को अवसरमा बैंकले र्‍याली तथा सचेतनाका कार्यक्रमहरू समेत सञ्‍चालन गरेको छ।
सो अवसरमा बैंकले विद्यार्थी तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्देश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ। साथै, बैंकले समाजिक सञ्‍जालमार्फत विभिन्‍न सचेतनामूलक भिडियो सामाग्रीहरू पनि प्रसारण गरेको छ।
    बैंकले देशका विभिन्‍न जिल्लाका स्थानीय तहमा सञ्‍चालन गरेका वित्तीय साक्षरता कार्यक्रमहरुमा विद्यार्थी, स्थानीय युवाका साथै रोजगार व्यक्तिहरू, किसान, लघु, साना तथा मझौला उद्यमीहरू, दैनिक ज्यालादारीहरू, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, महिला तथा विप्रेषण प्रापकहरुको सहभागिता रहेको थियो।उक्त कार्यक्रमहरूबाट करिब हजार मानिसहरूलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरू, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ।त्यस्तै, बैंकले ग्लोबल मनी विक २०२४ को अवसरमा विभिन्‍न स्थानमा वित्तीय साक्षरतासँग सम्बन्धित जानकारीसहित प्रभातफेरी कार्यक्रमहरू समेत सञ्‍चालन गरेको छ। बैंकले लुम्बिनी र मधेश प्रदेशमा सञ्‍चालन गरेका प्रभातफेरी कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण लगायत बैंकिङ सेवाहरू सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो।
त्यस्तै, बैंकले विद्युतीय भुक्तानी, वित्तीय ठगी, सार्वजनिक वाइफाइ प्रयोग गर्दा हुनसक्ने जोखिमसँग सम्बन्धित विभिन्‍न सचेतनामूलक भिडियो सामाग्रीहरु निर्माण गरी सामाजिक सञ्‍जालमार्फत प्रसारण गरी ग्लोबल मनी विक २०२४ को सप्ताह सफलतापूर्वक सम्पन्‍न गरेको छ।
 

Quick Access
Last Visited on 24 Jun 2025 1:06am