Mahalakshmi Bikas Bank customers get upto 25% discount in various institutions

November 16, 2022

काठमाडौं । महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरु सँगसम्झौता गरेको छ ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले दी हिमालयन ग्रील बाइ बाजेकोका सम्पूर्ण सेवामा १५ प्रतिशत, कुन्दलिनि आयुर्वेदका सेवाहरुमा अधिकतम २०प्रतिशत, सुबाकी ब्यूटी सलुन एण्ड इन्टरप्राइजेजका सेवाहरुमा १० प्रतिशत, अपुलेन्स एस्थटिक्सक सेवाहरुमा १० प्रतिशत र क्रिस्टल डाइग्नोस्टिकका सेवाहरुमा अधिकतम २५प्रपतशत छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Quick Access