Business Tie-up with Hotel Shambala Pvt. Ltd.

August 11, 2021

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाको साथसाथै थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको महाराजगंज शाखाको अगुवाईमा होटल शम्बला प्रा. लि. सँग मिति २०७८ श्रावण २७ गते सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले होटलका विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले Food and Beverage मा अधिकतम १५% सम्मको छुट प्राप्त गर्नुका साथै Spa सेवामा १०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा होटलका तर्फबाट सञ्चालन प्रबन्धक श्री रबिन मानन्धरज्यूले र बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख श्री पल्लभ श्रेष्ठज्यूले हस्ताक्षर गर्नु भएको हो ।

Quick Access